थप समाचारशुक्रबार, बैशाख १२, २०७१
सगरमाथा क्षेत्रबाट पर्यटक बेपत्ता
सगरमाथा क्षेत्रको भ्रमणका लागि ८ वैशाखमा खुम्जुङस्थित दिङबोचे पुगेका स्लोभाकियाका नागरिक थोमस ११ वैशाखबाट बेपत्ता भएका हुन् ।
प्रिन्स टु के पारिवारिक नाम भएका थोमस ५ अगस्तसम्मको भ्रमणका लागि भन्दै नेपाल आएका थिए । स्थानीय होटेलबाट ११ वैशाख विहान निक्लेका थोमस बेलुकी होटलमा नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले थोमसको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक बद्रीविक्रम थापाले बताए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
