समाचारआइतबार, भाद्र १७, २०६९
माओवादी अध्यक्ष वैद्यले १८ भदौदेखि जवाफ दिने
बैठकको चौथो दिन अर्थात १७ भदौमा सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।पार्टी अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर केन्द्रीय सदस्यहरुले मन्तव्य व्यक्त गरेका थिए । प्रवक्ता भुसालका अनुसार १८ भदौदेखि अध्यक्ष वैद्यले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् ।
माओवादी अध्यक्ष वैद्यले प्रतिवेदनमा गोलमेच सम्मेलन, पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र आन्दोलनका कार्यक्रममा जोड दिएका छन् ।
