समाचारआइतबार, भाद्र १७, २०६९
पूर्वसभासद्हरु संविधानसभा पुनस्र्थापनाको पक्षमा
१७ भदौमा राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक सङ्कटको निकास विवादास्पद विषयमा समाधान खोजेर छोटो समयका लागि संविधानसभा पुनस्र्थापना गर्नु भएको पूर्वसभासदहरुले बताएका हुन । कार्यक्रममा एमाओवादी नेता जनार्दन शर्माले संविधानसभाको पुनस्र्थापना गरेर अगाडि बढ्ने सहमति गर्नसके विद्यमान सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
कांग्रेस नेता प्रकाशशरण महतले संविधानसभामा सहमति नभएका विषयवस्तुमा संविधानसभा पुनस्र्थापना हुनुअघि नै सहमति खोजिनुपर्ने बताए । एमाले नेता सुरेन्द्र पाण्डेले संविधान निर्माणमा सहमति भइसकेका बुँदालाई लिपिबद्ध गरेर बाँकी बुँदामा तत्काल सहमति बनाउनुपर्नेमा जोड दिए ।
नेकपा-माओवादी नेता देव गुरुङले व्यवस्थापिका-संसद पुनःस्थापनाका लागि सरकार विघटन पहिलो शर्त भएको उल्लेख गरे । चार दलका नेताहरुले आत्मसमीक्षा नगरी संविधानसभा पुनस्र्थापना गर्नुको अर्थ नहुने धारणा राखे ।
कार्यक्रममा पूर्व सभासद्हरु इन्द्रबहादुर गुरुङ, पुरुषोत्तम बस्नेत, कल्पना धमला, शोभाकर पराजुली, चण्डिकाप्रसाद यादव, जीवनप्रेम श्रेष्ठ, रामबहादुर थापामगर, पार्वती थापा, लालबाबु पण्डितलगायतले विद्यमान समस्याको एक मात्र उत्तम विकल्प संविधानसभा पुनःस्र्थापना भएको बताए । रासस
