समाचारशुक्रबार, बैशाख १२, २०७१

सुरक्षा र बैकिङ क्षेत्रकालाई पनि छोडिंदैनः मन्त्री पण्डित

हिमालखबर

ग्रिन कार्ड र पिआर लिएका निजामती सेवाका कर्मचारीहरुको नामावली संकलन भइरहेको भन्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नामावली संकलनपछि त्यस्ता कर्मचारीहरुलाई कानूनी कारबाहीकाको प्रक्रिया अघि बढाइने बताएका छन् ।

१२ वैशाखमा काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले भने, “गरिब जनताको करबाट तलब, भत्ता र अन्य सुविधा लिने तर, सुविधासम्पन्न देशको बासिन्दा बन्ने छुट कसैलाई पनि छैन ।”

उनले निजामतीबाहेक बैंकिङ र सुरक्षा निकायमा पनि विभिन्न देशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड र पिआर प्राप्त गरेका कर्मचारी भएको आफूले जानकारी प्राप्त गरेको बताउँदै उनीहरुमाथि पनि कारवाही हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>