समाचारशुक्रबार, बैशाख १२, २०७१
अस्ट्रेलियाली विमान अपहरण भएको शंकामा बालीमा उतारियो
इण्डोनेशियाको बाली शहरका प्रहरी अधिकारीले विमान अपहरण गरेको आरोपमा एक यात्रुलाई गिरफ्तार गरिएको र सोधपुछ भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
इंडोनेशियाली वायुसेनाका प्रवक्ताका अनुसार भिए४१ नम्बरकोे बोइङ ७३७ इएफ लाई अहिले वायुसेनाका जवानहरुले नियन्त्रणमा लिएका छन् र यात्रु र चालकदलका सदस्य सबै सकुशल रहेको उनले बताएका छन् ।
एयरलाइंसका अनुसार रक्सीले मातेको एक यात्री विमानको ककपिटभित्र पस्ने कोशिस गरिरहँदा चालकले ‘हाइज्याक अलर्ट’ जारी गरेका थिए भने सुरक्षा अधिकारीहरुले विमान वालीमा उतार्न निर्देश गरेका थिए ।
“वास्तवमा विमान अपहरण भएको होइन,” भर्जिन अष्ट्रेलियाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, “एक जना यात्रुले अत्यधिक रक्सी खाएर असामान्य व्यवहार देखाउँदा त्यस्तो हुन गएको हो ।”

