समाचारशुक्रबार, बैशाख १२, २०७१
निर्माणाधिन सुरुङमा पहिरो खस्दा १२ मजदुर थुनिए
१२ बैशाख दिउँसो करिव १ बजे उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा पहिरो गई थुनिएपछि त्यहाँ कार्यरत मजदुरको अवस्था अज्ञात भएको छ ।
अहिले पहिरो खसेको ठाउँमा दुई वटा डोजर लगाएर माटो निकाल्ने काम भइरहेको छ । सुरुङमा अक्सिजन पु¥याउन फलामको पाइप जडान गरिएको छ ।
प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरीको टोलि उद्दारका लागि घटनास्थलर्फत गएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
२५ मेगावाटको उक्त आयोजनाको काम दुई वर्ष अघिदेखि शुरु भएको हो ।
माधव बराल, पोखरा
