समाचारशुक्रबार, बैशाख १२, २०७१

मन्त्रिपरिषद निर्णयः निगमलाई साढे २ अर्ब ऋण

हिमालखबर

१२ वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकार जमानी बसेर सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई साढे २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई बक्यौता रकम बुझाउन नसक्दा कर्पोरेशनले नेपाललाई उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थको परिणाममा कटौती गर्दै आएको छ भने नेपालमा पेट्रोलियम पदार्थको हाहाकार छ ।

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले नर्वे सरकारले स्थानीय सामुदायिक विकास कार्यक्रमको लागि उपलब्ध गराएको ९३ करोड ५० लाख रुपैयाँ स्वीकार्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

त्यस्तै शिक्षा नियमावलीमा संशोधन गर्दै २०७५ सालसम्मका लागि अस्थायी शिक्षकहरुलाई एक पटकमा ६ महिना भन्दा बढीको म्याद नथप्ने गरी नियुक्त गर्न मिल्ने व्यबस्था पनि बैठकले गरेको छ ।

पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ५/५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।

त्यसैगरी वैठकले नेपाल पत्रकार महासंघको आगामी अधिवेशनको लागि २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई शान्ति सेनाको कमाण्डरका लागि प्रतिस्पर्धा गर्ने स्वीकृति पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>