थप समाचारशनिबार, बैशाख १३, २०७१
श्रीराम सुगर मिल्समा आगलागी
१२ वैशाख राति १२ बजे मिल्सको दक्षिण किनारामा रहेको स्प्रिट रिसिभर टयाङ्करमा अचानक आगलागी हुदां लाखौंको क्षति भएको श्रीराम सुगर मिल्सले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि गौर र हेटौडाबाट ल्याइएका वारुणयन्त्रका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सघाएका थिए ।
स्प्रिटले भरिएको ६ वटा ट्याङ्गीमा भएको आगलागी नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । आगलागीबाट ६ वटा ट्याङकीसहित ५० हजार लिटर स्प्रिट नष्ट भएको मिल्स प्रशासनले जानकारी दिएको छ ।
श्रीराम सुगर मिल्समा गोल्छा समूहको स्वामित्व रहेको छ ।
बिम्मी शर्मा
