थप समाचारआइतबार, बैशाख १४, २०७१

दक्षिण कोरियाका प्रधानमन्त्रीद्वारा पदत्याग

हिमालखबर

दक्षिण कोरियाका प्रधानमन्त्री वानले पदबाट राजीनामा गरेका छन्। तस्वीर: रोयटर्स

३ वैशाखमा दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा परेका यात्रुहरुलाई वचाउन नसक्नुको नैतिक जिम्मेवारी लिंदै प्रधानमन्त्री जंग हुन वानले पदत्याग गरेका छन् ।

४७६ जनालाई बोकेको उक्त पानी जहाजमा अधिकांश स्कुले किशोरकिशोरीहरु थिए । विद्यार्थीहरुलाई लिएर रिसोर्टतर्फ जाँदै गरेको पानी जहाज समुद्रमा डुब्दा कम्तिमा पनि २०० को मृत्यु भएको पुष्टि भइसकेको छ भने १०० भन्दा बढी वेपत्ता भएका छन् । त्यसबेला केहीको भने उद्धार गरिएको थियो ।

पानी जहाज डुबेपछि प्रधानमन्त्री वान घटनास्थल पुग्दा यात्रुका आफन्तले कडा विरोध गरेका थिए । उनीहरुले उद्दार कार्य निकै सुस्त गतिमा भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

गोताखोरहरुर अहिले पनि पानीमा डुबेका शवहरुको खोजी गरिरहेका छन् । उक्त पानी जहाजका चालक दलका सबै सदस्यलाई हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री वानले भनेका छन, “म पहिले नै राजीनामा गर्न चाहन्थें तर, उद्दार र राहत कार्यका साथै सबै व्यवस्था मिलाउनु मेरो पहिलो जिम्मेदारी थियो ।”

उनले आफू अब प्रशासनका लागि बोझ बन्न नचाहेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

समुद्रमा डुब्दै गरेको पानी जहाज र उद्दारमा जुटेका सुरक्षाकर्मी । तस्वीर: एपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>