थप समाचारआइतबार, बैशाख १४, २०७१
सशस्त्र समूहका सुटर पक्राउ
पर्साका तत्कालिन सहायक प्रजिअको सुरक्षामा खटिएका प्रहरी जवान अनन्तराज खड्कालाई सरकारी निवास ाहिर गोली प्रहार गरेर फरार भएका छोटु भनिने रुपेश गिरीलाई पर्सा प्रहरीले १४ वैशाखमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले तत्कालिन सहयक प्रजिअ मल्लका अगँरक्षक प्रहरी जवान खड्कालाई गोली प्रहार गरेर हत्या २५ वर्षीय गिरीले नै गरेको जानकारी दिए ।
बाराको सुखीपथरा– १ निवासी गिरीलाई वीरगञ्जको छपकैयाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि ५ जेठ २०६७ मा वीरगञ्जका ब्यापारी गोपाल केडियालाई गोली प्रहार गरेर घाइते बनाएको आरोप पनि रहेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
लामो समयदेखि फरार गिरी ‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा’ सँग आवद्ध पेशेवर सुटर भएको प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
