समाचारआइतबार, बैशाख १४, २०७१

सुरुङमा पुरिएका तीन मजदुरको मृत्यु

हिमालखबर

माधव बराल, पोखरा

माथिल्लो मादी जलविद्युत् आयोजनाको सुरुङमा पहिरो खस्दा बेपत्ता तीनै जनाको मृत्यु भएको हो । बेपत्तामध्ये दुई जनाको पनि १४ बैशाख दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्तामध्ये उदयपुर चौधन्नीका २४ वर्षीय नयन तामाङ र ४२ वर्षीय अर्जुन तामाङको शव एक्साभेटरले थिचेको अवस्थामा फेला परेको हो । यसअघि १३ बैशाख साँझ नै एक्साभेटर चालक तनहूँ दुलेगौंडाका २८ वर्षीय सुजन गुरुङको भने शव फेला परेको थियो ।

शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बेपत्ताको खोजि कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दा सहित १५९ जनाको टोली खटिएको थियो ।

सुरुङमा थुनिएर सम्पर्कमा आएका १३ जना मजदुरलाई भने १३ घन्टापछि १३ बैशाखमा सकुशल उद्दार गरिएको थियो । आयोजनाको सुरुङभित्र १२ बैशाख दिउँसो पहिरो खस्दा १६ जना मजदुर थुनिएका थिए । आयोजना पोखरादेखि १७ किलोमिटर उत्तरपूर्वमा पर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>