समाचारआइतबार, बैशाख १४, २०७१

निगमले २८ वर्षपछि नयाँ जहाज ल्यायो

रासस

चीनमा निर्मित जहाज १४ बैशाख दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । चीनले अनुदानमा उपलब्ध गराएको जहाज ५६ सिट क्षमताको छ ।

मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ । निगमका महाप्रबन्धक मदन खरेलले चीनले अनुदानमा उपलब्ध गराएको दुईवटा जहाजमध्ये पहिलो चरणमा एमए ६० मोडलको जहाज १४ बैशाखमा आइपुगेको बताए ।

चीनले नै अनुदानमा उपलब्ध गराउने अर्को जहाज भने केही समयपछि आइपुग्नेछ । विमानस्थलमा जहाज अवतरण भएपछि पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो भने मङ्गल कामना गर्दै मन्त्रोचारण समेत गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने जानकारी दिए । “जहाज आवश्यक परीक्षण, बिमा, चालकको टुङ्गो नलगाई अनुमति दिन सकिँदैन,” उनले भने ।

निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>