थप समाचारसोमबार, बैशाख १५, २०७१
तरकारी बजारमा आगलागी
कोटेश्वर तरकारी बजारमा १५ बैशाख बिहान आगालागी हुँदा रु.८५ लाख बराबरको क्षति भएको छ । बिहान ४ बजे विद्युत् सर्ट भई आगलागी भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
निजी क्षेत्रबाट संचालित तरकारी बजारमा राखिएको आलु, प्याज, लसुन, बन्दा, काउली लगायतका तरकारी जलेर नष्ट भएको छ । बजारका १५ बिक्री कक्षमध्ये ११ वटामा राखिएको तरकारी जलेको हो ।
प्रहरी, स्थानीयबासिन्दा र दमकलले आगो नियन्त्रणमा लिएको थियो । प्रभागका प्रहरी निरीक्षक श्रीराम भण्डारीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए ।
