समाचारसोमबार, बैशाख १५, २०७१

सहयोगी गुमाएका आरोहण दलले सगरमाथा नचढ्ने

हिमालखबर

सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ५ बैशाखमा गएको हिम पहिरोमा सहयोगी गुमाएका आरोहण दलले सगरमाथा नचढ्ने भएका हुन् । साङ्ग्रिला नेपाल प्राइभेट लिमिटेड, हिमालयन गाइडस्, नेपाल ट्रेक्स एन्ड एक्सपीडिसन् प्रालि, समिट नेपाल ट्रेकिङ प्रालि र हिमालयन ट्रेक्स एन्ड एक्सपीडिसनबाट आरोहण अनुमति लिएका दल आरोहण रद्द गर्ने तयारीमा छन् ।

हिम पहिरो । तस्वीर: लाक्पा नोर्बु

प्रमुख आरोहीहरु गुमाउँदाको पीडा र जनशक्ति समेत नभएपछि आरोहण सफल पार्न नसक्ने मनस्थितिमा पुगेका आरोहण दलका लागि सरकारी निर्णय पनि आरोहण रद्द गर्ने अर्को कारण भएको बताउँछन् ।

सरकारले यसपटक आरोहण अनुमति लिएकाले पाँच वर्षभित्र आरोहण गर्न सकिने विषयमा लचकता देखाएका कारण आरोहण रद्द गरेको हुन सक्ने कतिपय आरोहीहरु बताउँछन् । हिम पहिरोमा परी मृत्यु भएका १३ जनामध्ये साङ्ग्रिला नेपाल प्रालिका चार जना थिए भने हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपीडिसन् प्रालिबाट गएका ६ जना परेका थिए ।

“हामीले आन्तरिक छलफल गरी विदेशीलाई समेत सहमत जनाउन लगाई आरोहण रद्द गर्ने अन्तिम निर्णय लिएका हौँ” सम्बद्ध आरोहण दलका एक सदस्यले बताए । हिमपहिरोमा आरोहण सहयोगी गुमाएको आरोहण दलबाहेक अन्य दलका आरोहीले भने आरोहण गर्ने मनस्थितिमा रहेको आधार शिविरमा रहेका आरोही कामे मगरले बताए ।

“विदेशी आरोहीहरु धेरै लामो समयको अभ्यासपछि सहयोग जुटाएर चढ्न आउँछन्, उनीहरुले छाड्ने कुरै हुँदैन” उनले भने । आफू जस्तोसुकै परिस्थितिमा पनि सगरमाथा चढ्ने बताइरहेका कामेले आफू सगरमाथाको सफल आरोहण गरेर मात्र फर्कने बताए ।

यस वर्षको वसन्त ऋतुमा एक नेपाली र ३१ विदेशी आरोहण दलले आरोहण अनुमतिपत्र लिएका छन् । ३१ दलमा ३३४ आरोही छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>