समाचारसोमबार, बैशाख १५, २०७१
शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सरकार प्रतिवद्धः गौतम
गृहमन्त्री गौतमले आयोग गठन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र दशवर्षे हिंसात्मक द्वन्द्वको घाउ मेटाउन सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् । अर्घाखाँचीमा जिल्ला प्रहरी कार्यालयको भवन १५
बैशाखमा उदघाटन गर्दै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग आवश्यक भएको बताए ।
उनले सरकारले एक वर्षभित्र संविधान जारी गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधान जारी गर्नुअघि स्थानीय निकायको निर्वाचन गर्ने र विकास निर्माणका काम अघि बढाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्पष्ट पारे । उनले स्थानीय निर्वाचनको बिरोध गर्नु उपयुक्त नभएको पनि टिप्पणी गरे ।
उनले एक वर्षभित्र संविधान जारी गर्न काम भइरहेको पनि बताए । “सबै राजनीतिक दललाई सहमतिमा ल्याएर काम अघि बढाइएको छ,” उनले स्पष्ट पारे ।
रासस
