समाचारमंगलबार, बैशाख १६, २०७१

क्रिकेट टीम मलेशिया प्रस्थान

हिमालखबर

मलेशियामा हुने एसीसी प्रिमियर लिगमा सहभागी हुन राष्ट्रिय क्रिकेट टीम त्यसतर्फ प्रस्थान गरेको हो । चौध खेलाडी, चार अफिसियलसहितको टोली १६ बैशाख दिउँसो मलेशिया प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव ठाकुरप्रसाद पहाडीले जानकारी दिए ।

मलेशियामा हुने एसीसी प्रिमियर लिग खेल्न जाने राष्ट्रिय टीमका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु खेलकुद मन्त्रालयले १५ बैशाखमा आयोजना गरेको विदाइ कार्यक्रममा सहभागी हुँदै । तस्वीरः दीपेन्द्र सापकोटा

नेपालले मलेशियामा १ मेमा पहिलो खेल यूएईविरुद्ध खेल्दैछ । आयोजक मलेशियासँग २ मे, ओमानसँग ४ मे, ५ मेमा हङकङ र ७ मेमा अफगानिस्तानसँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।

मेलेशिया जाने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेष्वाकर, राजकुमार प्रधान, मेहबुब आलम, सुवास खकुरेल, विनोद भण्डारी, सागर पुन, नरेश बुढाएर, रामनरेश गिरी, सोमपाल कामी र आरिफ शेख छन् ।

मेहबुब र राजकुमारले राष्ट्रिय टीममा पुनरागमन गरेका हुन् । वीरगञ्जका १६ वर्षीय अलराउण्डर आरिफ भने राष्ट्रिय टीममा डेब्यू गर्दैछन् ।

युवा तथा खेलकुद मन्त्रालयले १५ बैशाखमा खेलाडी, प्रशिक्षक तथा अफिसियललाई विदाइ तथा शुभकामना दिएको थियो । कार्यक्रममा कप्तान खड्काले प्रतियोगिता नै जित्नु सजिलो नभए पनि हरेक खेल जित्नकै लागि खेल्ने बताए ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>