थप समाचारमंगलबार, बैशाख १६, २०७१

सगरमाथामा एक भारतीयको मृत्यु

हिमालखबर

सगरमाथाको आधारशिविर भ्रमणका लागि आएका भारतीय नागरिकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर बिरामी परेका २५ वर्षीय प्रबिरप्रताप पसंह गाधौनको १५ बैशाखमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दिबुचेको एक होटलमा १४ बैशाखमा बास बसेका उनको १५ बैशाखमा हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहँदा मृत्यु भएको हो । उनी भारत, उत्तर प्रदेश सुठाका हुन् ।

प्रहरीले घटनाको विस्तृत जानकारी लिन सदरमुकामबाट एक टोली होटलतर्फ पठाएको जनाएको छ ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>