समाचारमंगलबार, बैशाख १६, २०७१

बलात्कारविरुद्ध महिलाहरुको अभियान शुरु

हिमालखबर

महिला मानवअधिकार रक्षकहरुको सञ्जालले १६ बैशाखदेखि बलात्कारविरुद्धको राष्ट्रिय अभियान शुरु गरेको हो । अयिभानअन्तर्गत बैशाख महीनाभर धर्ना, जेठ लागेपछि आमरण अनशन शुरु गरिने अभियानकी अध्यक्ष रेणु राजभण्डारीले जानकारी दिइन् । अहिले राजधानीको भद्रकालीमा अनिश्चितकालीन धर्ना शुरु भएको छ ।

अभियानअन्तर्गत बलात्कारसम्बन्धी हालको विभेदपूर्ण कानुनमा संशोधन गरी ३५ दिने हदम्यादको खारेज गरेर पीडितले जुनसुकै समय पनि उजुरी दिनसक्ने व्यवस्था तथा द्रुतन्याय प्रणाली (फास्ट ट्रयाक कोर्ट) चाँडो गठन गरी बलात्कारबाट प्रभावितहरुसँग सम्बन्धित सबै घटनाको प्रभावकारी फैसलाको माग गरिएको छ ।

त्यस्तै, बलात्कार सम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन नेपाल प्रहरीका लागि वैज्ञानिक पद्धतिको निर्देशिका निर्माण तथा द्वन्द्वकालमा भएका सबै यौन हिंसाको अनुसन्धानका लागि निष्पक्ष उच्चस्तरीय राष्ट्रिय समिति गठनलगायत माग गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>