समाचारसोमबार, भाद्र १८, २०६९
राष्ट्रपति वा सैनिक शासन निकास होइनः अर्थमन्त्री
काठमाडौंमा १८ भदौमा नेपाल कन्स्टिट्युसन फाउण्डेसनद्वारा आयोजित संवैधानिक संकट, अध्यादेशको शासन एवम् निकासको विकल्प विषयक विचार गोष्ठी उनले यस्तो धारणा राखेका हुन ।
मन्त्री पुनले कार्यक्रममा भने, “समस्याको समाधान प्रमुख तीन दलका नेताहरूले नै हो, राष्ट्रपतिले जिम्मा लिएर समाधान हुन्न । सेनाले जिम्मा लिने अवस्था पनि छैन ।” उनले अध्यादेशमार्फत शासन गर्ने सरकारको नियत नभई बाध्यात्मक अवस्था भएको दाबी गरे ।
कार्यक्रममा मन्त्री पुनले विवादित विषयमा सहमति गरेर संविधानसभाको पुनर्स्थापनाबाट संविधान जारी गर्ने वा जनतामा जानु भन्दा अर्को विकल्प नभएको उल्लेख गरे । उनले विवादित विषयमा सहमति भएको ५ मिनेटमा प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने बताए ।
