समाचारसोमबार, भाद्र १८, २०६९
सप्तरी अदालतमा बम बिष्फोट
जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर थापाले विस्फोटबाट मानवीय क्षति भने नभएको बताए । बम बोरामा बेरेर ब्यागमा राखिएको थियो । प्रत्यक्षदर्शी अमीरनारायण यादवले बसको टायर पड्केको जस्तो आवाज सुनेपछि घट्नास्थल पुग्दा बम बिष्फोट भएको देखेको बताए ।
यसैबीच, घट्नास्थलमा भूमिगत समूह अखिल तराई मुक्ति मोर्चाको पर्चा र पम्पलेट फेला परेको प्रहरीले जनाएको छ । बिष्फोटप्रति सप्तरी जिल्ला बार इकाईका अध्यक्ष केशव प्रसाद दासले आजै बिज्ञप्ती गरेर बिष्फोटलाई निन्दनीय कार्यको संज्ञा दिदैं यस्तो घट्ना नदोहर् याउन सचेत गराएका छन् ।
श्रवणकुमार देव, सप्तरी

