थप समाचारबुधबार, बैशाख १७, २०७१
झापामा दुर्घटना हुँदा एकको मृत्यु, १८ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा, तापगाछीमा १७ बैशाख दिउँसो बस दुर्घटना भएको हो । ना ३ ख ९०५१ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुमध्ये केहीको झापा दमकस्थित लाइफलाइन अस्पताल र केहीको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।
अत्यधिक गतिमा रहेको बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । बस काँकटभिड्टाबाट झापाकै गौरिगञ्जतर्फ गइरहेको थियो ।
गोपाल गडतौला, झापा
