समाचारबुधबार, बैशाख १७, २०७१
उर्जामन्त्री ज्ञवालीविरुद्ध जनकपुरमा प्रदर्शन
१७ बैशाखमा विद्युत प्राधिकरण कर्मचारी यूनियनको क्षेत्रीय सभा उद्घाटन गर्न जनकपुर आइपुगेकी ऊर्जा मन्त्री राधा ज्ञवालीविरुद्ध स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरको जनक चोकबाट निक्लेको युवाहरुको जुलुश प्राधिकरण प्रमुख र मन्त्री विरुद्ध नाराबाजी गर्दै प्राधिकरण परिसरमा पुगेर अनियमित लोडसेडिङ बारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थियो ।
युवाहरुसँगको कुराकानीपछि मन्त्री ज्ञवालीले प्राधिकरणका क्षेत्रीय निर्देशक र जनकपुर कार्यालय प्रमुखसँग जवाफ माग्दा दुवैले प्राविधिक गडबडीका कारण लोडसेडिङ अनियमित भएको जवाफ दिएका थिए ।
त्यसपछि मन्त्री ज्ञवालीले अतिरिक्त समयमा विद्युत कटौती नहुने व्यवस्था तुरुन्तै मिलाउन निर्देशन दिइन् ।
जनकपुर बजार र आसपासका क्षेत्रमा लोडसेडिङको नियमित तालिका बाहेक पनि चारघन्टासम्म विद्युत कटौती हुँदै आएकोे छ ।
इश्वरचन्द्र झा, जनकपुर
