समाचारबुधबार, बैशाख १७, २०७१

अर्घाखाँची दुर्घटनाका २३ घाईतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

हिमालखबर

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनिट्रक जुधेर सडकबाट तल खस्दा १९ जनाको मृत्यु भएको छ भने २८ भन्दा बढी घाईते भएका छन् ।

नरपानी ५ जगताको ओरालो बाटोमा बस र ट्रक ठोक्किएर स्थानीय बाबुराम विकको गोठमा खस्दा विकका गोठमा बाँधिएका २ वटा भैसी एउटा गाई र एउटा बाख्रा समेत मरेका छन् ।

दुर्घटनामा परी ज्योति शिक्षा क्याम्पस ठाडाका प्रमुख गणेश बेल्बासे, वाङ्गला घर भई जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत चिकित्सक ा डा. विष्णु आचार्य, आचार्यका बुवा जनार्दन आचार्य, धारापानीका नरेन्द्र बञ्जाडे, बुटवलका कृष्ण श्रेष्ठ, सन्धीखर्ककी शान्ता आचार्य, ढाकाबाङ्गकी बसन्ता क्षेत्री, ठाडाकी अनिता बेल्बासेको सनाखत भएको छ भने अरुको सनाखत हुन बाँकी छ ।

घाईतेमध्ये २३ जनालाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ र ५ जनालाई बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । तर घाईतेको संख्या त्यो भन्दा बढी भएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाकर पन्थीले बताए ।

यसैविच सोही दुर्घटनाका घाईते लिन सन्धिखर्कबाट नरपानी जाँदै गरेको जिपले ठक्कर दिएर एकजनाको मृत्यू भएको छ भने एक युवक घाईते भएका छन् ।

लु १ ज १३२९ नम्बरको जिपले सन्धिखर्क ६ हस्पीटललाईनमा ठक्कर दिँदा दुईजना घाईते भएको र त्यसमध्ये एकजनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाका घाईते यूवा शिव परीयार रहेको तर मृतकको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

गगनशिला खड्का
————————————————————————————

अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा १६ को मृत्यु, ४० घाइते

अर्घाखाँचीको नरपानीमा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।

बुधबार , १७ वैशाख २०७१ ४:१५ पम

अर्घाखाँचीको नरपानीमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । १७ बैशाख दिउँसो भएको दुर्घटनामा परी ११ पुरुष र ५ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।

दुर्घटनास्थल

मृतकमध्ये अर्घाखाँची वाङलाका जनार्दन आचार्य र विष्णु आचार्यको खनाखत भएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाची र बुटवलमा उपचार भैरहेको छ ।

सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क जादै गरेको लु १ ख ७८२५ नम्बरको ट्रक १७ बैशाख दिउँसो सवा एक बजेतिर अर्घाखाँची, नरपानी गाविस–५ जगत भन्ने स्थानमा ठोक्किएर दुर्घटना भएको हो । दुवै गाडी सडकबाट तीन सय मिटर खोलामा खसेको छ ।


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>