समाचारबिहीबार, बैशाख १८, २०७१
पश्चिममा नेपाल–भारत सीमा ४८ घण्टा बन्द
नेपाल र भारतका अधिकारीहरुको संयुक्त बैठकले भारतको उत्तराञ्चल प्रदेशमा हुने लोकसभा निर्वाचनका लागि दुई दिन नाका बन्द गर्ने सहमति गरेका हुन् ।
निर्वाचनका बेला सीमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप हुन नदिनका लागि दुवै देशका सुरक्षाकर्मीहरुले सतर्कता अपनाउने र गस्तीको कार्यलाई तीव्रता दिने पनि सहमति भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल र भारतका तर्फबाट भारतको उत्तराखण्डका चम्फावत जिल्लाका एडिएम अशोक जोशीले गरेका थिए ।
