थप समाचारबिहीबार, बैशाख १८, २०७१
छाउपडी मान्नेलाई धामीले झारफुक नगर्ने
सुर्खेतको वेतानमा २३ जना धामीझाँक्रीको भेलाले छाउपडी गोठ भएका र छाउपडीलाई मान्ने व्यक्ति र सरसफाई परिचय कार्ड नभएका घरमा झारफुक गर्र्न नजाने निर्णय गरेका छन् ।
गाविस सचिव शरण बडुवालका अनुसार सरसफाइ अभियानलाई सफल बनाउन र छाउपडी प्रथाको अन्त्यको लागि उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन र गाविसको सेवा लिनका लागि सरसफाइ कार्ड अनिवार्य भएजस्तै देउता बस्न र झारफुक गर्न पनि कार्ड अनिवार्य चाहिने भएको सचिव बडुवालले जानकारी दिए ।
रासस
