थप समाचारबिहीबार, बैशाख १८, २०७१
हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ
महोत्तरी प्रहरीले ९ कात्तिक २०५७ मा मनरा–७ बस्ने हरिशङ्कर सिंहलाई गोली हानी हत्या गरेका मनरा–५ का नरेशकुमार सिंह राजपुतलाई १८ वैशाखमा पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठका अनुसार लामो समयदेखि फरार अभियुक्त घर आएको खबर पाएपछि प्रहरीले उनलाई घरैबाट पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य तीनजना अझै फरार छन् । यस वर्ष जिल्ला प्रहरी कार्यालयले चलाएको फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत १८ जनालाई पक्राउ गरिसकेको पनि श्रेष्ठले जानकारी दिए
