थप समाचारबिहीबार, बैशाख १८, २०७१
‘हनि हन्टिङ’ को आकर्षण (सात तस्वीर)
शब्द/तस्वीरः युवराज श्रेष्ठ, लमजुङ
लमजुङको बन्सार–६ खिन्चोकस्थित कोएप्रोंमा १२ बैशाखमा भीरमहको शिकार हेर्नेको घुईंचो थियो । पर्यटकको आकर्षण बनेको भीरमहको शिकारका लागि महोत्सव नै आयोजना गरियो । महोत्सवको अवसर पारेर कोएप्रोँमा महशिकारी सार्की घले र बुद्धिबहादुर गुरुङले भीरमहको शिकार गरे । भीरमहको शिकार हेर्न स्थानीयबासिन्दा, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति थियो ।
भीरमौरीको मह शिकार ‘हनि हन्टिङ’ का लागि लमजुङलाई प्रख्यात जिल्ला मानिन्छ । लमजुङको ताघ्रिड, भुजुङ, इलामपोखरी, दुधपोखरी, गौडा, भूलभूले लगायतका गाविस ‘हनि हन्टिङ’ का लागि आकर्षक ठाउँ हुन् ।
