थप समाचारशुक्रबार, बैशाख १९, २०७१
विद्यालयमा प्रहरी पोस्ट, विद्यार्थी मजदुरीमा
बाँकेको होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको छ । प्रहरीले अस्थायी पोस्ट खडा गरेपछि विद्यालय झैझगडा मिलाउने र अभियुक्तलाई थुन्ने ठाउँ बनेको छ ।
बाढी र आगलागीबाट प्रभावित चौफेरीवासीका बालबालिकाले सहजरुपमा शिक्ष लिन पाउन भन्ने उद्देश्यले २०६४ सालमा दातृ निकायको सहयोगमा दुई कोठे भवन निर्माण गरिएको थियो ।
पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने २०० विद्यार्थी रहेकोमा एक वर्षदेखि चार÷पाँच जना विद्यार्थी साताको एक दिन विद्यालयमा जाने गरेपनि बस्ने कोठा नभएपछि फर्किने गरेका छन् ।
स्थानीय बासिन्दाले तत्काल अस्थायी प्रहरी पोस्ट विद्यालयबाट हटाई अन्यत्र सार्नुपर्ने र विद्यालय शान्ति क्षेत्र घोषणा गरी सहजरुपमा पढ्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रहरीले सरकारी विद्यालय कब्जा गरेपछि विद्यालयका शिक्षकले घरमै बसेर तलब खाइरहेका छन् ।
रासस
