समाचारशुक्रबार, बैशाख १९, २०७१

मलेशियाद्वारा नेपाललाई १५० रनको चुनौती

हिमालखबर

मलेशियामा जारी प्रतियोगितामा आयोजक मलेशियाले नेपाल सामु १५० रनको लक्ष्य पेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेशिया ४३ ओभरमै १४९ रन बनाएर अलआउट भयो ।

नेपाली बलर सामु मलेशियाली ब्याट्सम्यानले चल्ने मौका पाएनन् । सोमपाली कामीले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ४७ रन खर्चिए ।

बसन्त रेग्मीले पनि ९ ओभर खेल्दै २ विकेट लिए । तीन मेडन राखेका उनले २६ रन दिए । सात ओभर बलिङ गरेका कप्तान पारस खड्काले एक विटेक लिए । उनले १२ रन मात्र खर्चिए र एक मेडन राखे ।

मेहबुब आलम र सागर पुनले पनि एक–एक विकेट लिए । आलमले ८ ओभरमा ३१ रन दिए भने सागरले ५ ओभरमा २२ रन खर्चिए ।

पहिलो खेलमा १८ बैशाखमा युएईलाई ४ विकेटले हराएको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बायुमास ओभल मैदानमा नेपालले जबाफी ब्याटिङ गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>