समाचारशुक्रबार, बैशाख १९, २०७१
सुविन लिम्बु भइन् ‘मिस नेपाल-२०१४’
१९ वैशाखमा आर्मी अफिसर्स क्लबमा भएको प्रतियोगितामा २३ वर्षीया सुविन लिम्बुले मिस नेपाल २०१४ को उपाधी जितेकी छन् ।
धरानकी स्थायी वासिन्दा ५ फिट ८ इन्च अग्ली सुविन काठमाडौंको थेम्स कलेजमा बिबिएस अध्ययनरत छन् । उनी यसअघि सन् २०१० मा सम्पन्न मिस मंगोल प्रतियोगिताकी फस्ट रनरअप हुन् ।
प्रतियोगितामा फस्ट रनर अफ प्रिन्सा श्रेष्ठले मिस नेपाल अर्थ र सेकेन्ड रनरअप सोनीराज भण्डारीले मिस नेपाल इन्टरनेशनलको उपाधी जिते । को उपाधी जितेका छन् ।
त्यसैगरी मिस पर्सनालिटी प्रनयना केसी, मिस फोटोजेनिक सोनी राजभण्डारी, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस कम्प्लेक्स्न प्रिन्सा श्रेष्ठ, मिस व्युटीफूल हेयर रश्मी अधिकारी छानिए ।
अन्तिम ५ मा सुविन, प्रिन्सा, सोनी, आस्था र प्रनयनाबीच प्रतिस्पर्धा भएको थियो ।
