समाचारशनिबार, बैशाख २०, २०७१
काभ्रेमा बस दुर्घटना, ६ को मृत्यु ३५ घाइते
काठमाडौबाट तातोपानी जाँदै गरेको बा३ख २०३७ नम्बरको बस अरनीको राजमार्गस्थित ५० किलोमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार घाइते ३५ मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट १५ फिट तल खसेको छ ।
