समाचारमंगलबार, भाद्र १९, २०६९
एमाओवादी जनवर्गीय संगठनको सम्मेलन कहिले, कहाँ ?
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा १९ भदौमा बसेको पूर्व पदाधिकारी तथा पार्टी केन्द्रीय कार्यालयको बैठकले सम्मेलनबारे निर्णय लिएको हो । १५-१७ मङ्सिरमा योङ्ग कम्युनिस्ट लिगको काठमाडौँमा, ९-११ मङ्सिरमा अखिल नेपाल शिक्षक सङ्गठनको काठमाडौँमा, १६-१८ मङ्सिरमा अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको सम्मेलन नेपालगन्जमा गरिने एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार १२-१४ मङ्सिर तामाङ राष्ट्रिय मुक्ति मोर्चा, २५-२८ मङ्सिर दलित मुक्ति मोर्चा र २७-३० मङ्सिरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घको सम्मेलन काठमाडौँमा हुनेछन् । यसैगरी ८-१० मङ्सिरमा तमु राष्ट्रिय मुक्ति मोर्चाको पोखरा र २४-२६ मङ्सिर अखिल नेपाल महिला सङ्घको सम्मेलन चितवनमा हुने सापकोटाले बताए ।
