थप समाचारशनिबार, बैशाख २०, २०७१

बालिकामाथि सामूहिक बलात्कार

हिमालखबर

राजविराज–६ की ६ कक्षामा अध्ययनरत बालिकामाथि तीन युवाले ५ वैशाखमा बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।

तत्कालै घटनाबारे प्रहरीलाई मौखिक जानकारी गराउँदा प्रहरीले बेवास्ता गरेको र पछि लिखित जाहेरी दिएपछि दुईजना पक्राउ परेको बालिकाका आफन्तले बताए ।

पीडित बालिकाका अनुसार सप्तरीकै पातो गाविस घर भई राजविराजमा पढदै गरेका राजेश साह, ब्रह्मदेव साह र सन्तोष यादवले बलात्कार गरेका हुन् भने सन्तोषले मोबाइलबाट भिडियो समेत खिचेको बालिकाले बताएकी छन् ।

प्रहरीले सन्तोष र राजेशलाई पक्राउ गरेको छ भने ब्रह्मदेव फरार छन् ।

पीडित बालिकाको दुई दिनसम्म अञ्चल अस्पताल राजविराजमा उपचार भए पनि उक्त उपचारबारे अहिले अस्पतालमा रेकर्ड छैन् । अस्पतालका चिकित्सक डा. बद्री माझीले यस्ता घटना सम्बन्धी कागजातहरु सबै जिल्ला प्रहरी कार्यालयलाई बुझाइने गरेको बताएका छन् ।

पीडकहरुले उजुरी फिर्ता नलिए ज्यान मार्ने र बलात्कारका बेला खिचेको भिडियो सार्वजनिक गरिदिने धम्की दिएको बालिकाका दाजुले बताए ।

श्रवणकुमार देव/राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>