समाचारआइतबार, बैशाख २१, २०७१
नेपालद्वारा ओमानलाई १५८ रनको लक्ष्य
२१ वैशाखमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल खाता नखोली आउट भए भने ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन बनाए ।
त्यसैगरी कप्तान पारस खड्का ६ रनमा आउट भए भने मेहबुब आलमले ५ रनमात्रै बनाउन सके । नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडि आउट भए ।
मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकर लामो सयम क्रिजमा रहे पनि उनले ६१ बल खेल्दै १६ रनमात्र बनाए ।
बिनोद भण्डारी १० रन बनाएर क्याच आउट भए । अन्तिमक्रममा ब्याटिङमा आएका बसन्त रेग्मी पनि ६ रन जोडेपछि क्याच आउट भए ।
लगातार विकेट गुमाएको नेपालका लागि शक्ति गौचन २८ बल खेल्दै १५ रन बनाएको अवस्थामा क्याच आउट भए ।
अन्तिममा सागर पुनले २० रन जोडे भने सोमपाल कामी २१ बलमा ११ रन जोड्दै नटआउट रहे ।
अहिले यो समाचार तयार पार्दासम्म ओमानले ब्याटिङ गरिरहेको छ । उसले २१.५ ओभरमा ६ विकेट गुमाउँदै १०० रन जोडेको छ ।
