समाचारमंगलबार, भाद्र १९, २०६९
‘दाहाल नेतृत्वको गठबन्धन सरकार टिकाउने खेल’
राजधानीमा १९ भदौमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले मधेसी मोर्चासहित एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन गठन गरेर सरकार टिकाइराख्ने खेलमा लागेको आरोप लगाए ।
कार्यक्रमका अर्कावक्ता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलका नेताहरु विघटित संविधानसभा पुनःस्थापना गर्न लागेको भन्दै नयाँ निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले विभिन्न प्रलोभन तथा त्रास देखाएर योजनाबद्ध ढङ्गबाट धर्म परिवर्तन गराउने कार्य भइरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरे । रासस
*.txt
