समाचारआइतबार, बैशाख २१, २०७१

चोरीको गाडीमा डीआईजी पत्नी

हिमालखबर

देबकी बिष्ट

सिमराबाट पक्राउ परेर काठमाडौं पठाइएको चोरीको गाडी ट्राफिक प्रहरीको प्रतिवेदनबाट गायब छ ।

चार महीनाअघि सिमराबाट इन्डियन नम्बर प्लेट राखिएका सफारी गाडीहरू पक्राउ गरेर काठमाडौं ल्याएपछि बा १० च ८९७४ र बा १० च ८९६९ नम्बर राखेर ट्राफिक महाशाखामा प्रयोग भइरहेको छ ।

३० फागुनमा पक्राउ परेका गाडी र मोटरसाइकलहरू ट्राफिक महाशाखाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा सिमराबाट पक्राउ गरिएका ती गाडीहरूबारे भने केही भनिएन ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख केशव अधिकारी ती गाडीहरूबारे छानबिन भइरहेकाले सार्वजनिक नगरिएको बताउँछन् । ती गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगरिएको बताउँदै उनले कुनै सूचना लिन जाँदा भने प्रयोग गरिने गरेको स्वीकारे ।

तर, पत्रकार सम्मेलनमा महाशाखा परिसरमा देखिएको

बा १० च ८९६९ नम्बरको गाडी २ चैतको बिहान ८.१० मा गोङ्गबु चोकमा अधिकारीकी पत्नी चढेको देखिएको थियो ।

चोरीको गाडीलाइ दिइएको यही नम्बरको अर्को गाडी सेती अञ्चलमा प्रयोग भइरहेको छ ।

यातायात व्यवस्था विभागका एक प्रतिनिधि त्यो गाडीमा प्रयोग भएको नम्बर १४ साउन २०७० मा अरुण इन्टरकन्टिनेन्टल नामक संस्थाको सानो मारुती गाडीलाई दिइएको र ८ असोजमा सेती अञ्चल पठाएको बताउँछन् ।

त्यही नम्बर अहिले वागमती अञ्चलमा प्रयोग गरिनु बदमासी भएको ती कर्मचारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>