समाचारआइतबार, बैशाख २१, २०७१

गैंडाको खाग तस्करी गर्ने तिब्बतीलाई कैद सजाय

हिमालखबर

चितवन राष्ट्यि निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेको आरोपमा तिब्बती नागरिकद्वय तान्जिङ लामा, हिसी लामा, नेपाल प्युठानका महेश केसी, नवलपरासीका खुमराज थापालाई कैद सजाय सुनाएको छ । उनीहरू सबै दोस्रोपटक कैद सजाय तोकिएका व्यक्ति हुन् ।

निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले दिएको जानकारीअनुसार तिब्बती नागरिक काठमाडौँ बौद्ध बस्ने तान्जिङ निमा लामालाई १३ वर्षको कैद र रु एक लाख जरिवाना तोकेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

२०६८ मा चितवनकोे त्रिवेणी क्षेत्रमा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका उनीसहित तिब्बतकै हिसी लामा, प्युठानका महेश केसी, नवलपरासीका खुमराज थापालाई निकुञ्जले सजाय तोकेको हो ।

हिसी लामालाई १२ वर्षको कैद र रु एक लाख जरिवाना तोकेको , केसीलाई १२ वर्ष कैद र रु एक लाख जरिवाना तथा थापालाई १० वर्ष कैद र रु ८० हजार जरिवाना तोकेको निकुञ्जले जनाएको छ ।

खाग बिक्री गरेको अभियोग प्रमाणित भए रु एक लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । संरक्षणकर्मीहरूले अझै कडा कानूनको आवश्यकता भएको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>