समाचारसोमबार, बैशाख २२, २०७१

हङकङद्वारा नेपाललाई १८२ रनको लक्ष्य

हिमालखबर

२२ वैशाख विहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ओपनर इर्फान अहमदको १०६ रनको मद्दतमा ४१ दशमलव ५ ओभर खेल्दै १८१ रन बनायो ।

आक्रमक व्याटिङ गरेका इरफानले ११५ बलमा ३ छक्का र १० चौकाको मद्दतले १०६ रन बनाएका थिए ।
नेपालका लागि सात ओभर बलिङ गरेका सोमपाल कामीले ३४ रन खर्चिएर ४ विकेट लिए ।

सिनियर राष्ट्रिय टीममा पहिलो पटक खेलेका आरिफ सेफले ९ ओभरमा ३० रन दिएर महत्वपूर्ण २ विकेट लिए ।
त्यस्तै वसन्त रेग्मीले ३ विकेट लिए । हङकङले अतिरिक्त ७ रन पाएको थियो ।

यसअघि नेपालले युएई र मलेशियालाई हराइसकेको छ भने २१ वैशाखमा भएको खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>