थप समाचारसोमबार, बैशाख २२, २०७१
कार्यकर्ता पक्राउको विरोधमा ‘क्रान्तिकारी’ द्वारा शैक्षिक संस्था बन्द
१९ वैशाखमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको इन्टरनेसनल बोर्डिङ स्कुलले वितरण गरेको कापीको पछाडीको कभरमा भारतीय नेताहरूको जीवनी छापिएको भन्दै नेकपा–माओवादी निकट विद्यार्थीहरुले विद्यालयको बसमा आगजनीका साथै कार्यालय कक्ष तोडफोड गरेका थिए ।
आगजनी र तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेपछि त्यसको विरोधमा क्रान्तिकारीले शैक्षिक संस्था बन्दको घोषणा गरेको हो ।
प्रहरीले कार्यकर्ताको घरमा गएर खानतलासी गरेको र पक्राउ गरेको विरोधमा शैक्षिक संस्था बन्दको घोषणा गरिएको क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयले तोडफोडमा संलग्न १० जना विद्यार्थीविरुद्ध जाहेरी दिएपछि प्रहरीले क्रान्तिकारीका केन्द्रीय सदस्य विष्णुप्रकाश उपाध्यायलाई पक्राउ गरेका कारण शैक्षिक संस्था बन्द आह्वान गरिएको हो ।
विद्यार्थीबाट चर्को शुल्क असुल्ने र भारतीय नेताहरूको जीवनी छापिएका अभ्यासपुस्तिका बेच्ने विद्यालयमाथि कारबाही र गिरफ्तार गरिएका नेताको रिहाइका लागि शैक्षिक संस्था बन्द गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रामबहादुर महराले बताए ।
