थप समाचारसोमबार, बैशाख २२, २०७१
जोगीमारा र जुगेडीमा पहिरो जाँदा यातायात अवरुद्ध
धादिङको जोगीमारा, चितवनको फिसलिङ र जुगेडीमा पहिरो गएपछि पृथ्वी राजमार्ग भएर काठमाडौं आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रामचन्द्र घिमिरेका अनुसार काठमाडौँबाट बाहिरिने गाडी जोगीमारामा र बाहिरबाट काठमाडौँ आउने सवारी साधन जुगेडीमा रोकिइराखेका छन् । अहिले पहिरो पन्छाउने कार्य जारी रहेको र केही घण्टापछि एकतर्फी भए पनि सवारी साधन सुचारु हुने घिमिरेले बताए ।
उक्त सडक हुँदै प्रत्येक दिनमा करिब ४ हजार सवारी साधन र १२ हजार यात्रु आवतजावत गर्छन् ।
