समाचारबुधबार, भाद्र २०, २०६९
१५ दिन भित्र सहमतीय सरकारः कोइराला
विराटनगर विमानस्थलमा २० भदौमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने र आफ्नो पार्टी उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री हुने उनको सङ्केत थियो । संविधान निर्माणमा देखिएका सङ्घीयतालगायतका सम्पूर्ण विवाद जनमतसङ्ग्रहबाट समाधान गरिनुपर्नेमा कोइरालाको जोड थियो ।रासस
