समाचारसोमबार, बैशाख २२, २०७१

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

हिमालखबर

केही समयदेखि तराईका जिल्लाहरुको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व बडामहारानी कोमल शाहसँगै साता लामो बसाइँका लागि झापा आइपुगेका छन् । उनले झापा र मेची अञ्चलका विभिन्न धार्मिक तथा साँस्कृतिक शक्तिपीठका साथै एतिहासिक स्थलहरुको भ्रमण गर्नेे स्वागत समितिका अध्यक्ष नारायण राजवंशीले बताए ।

भद्रपुर विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि उपस्थित उनका समर्थकहरुले पूर्व राजा–रानीको सम्मानमा नारा लगाएका थिए । विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरुले जिज्ञासा राख्न खोज्दा उनले कुनै जवाफ दिएनन् ।

भद्रपुर विमानस्थलबाट दमकतर्फ प्रस्थान गरेपछि आजै पूर्व राजदम्पतीले गरामनीस्थित दूर्गा मन्दिरमा पूजापाठ गरेका थिए ।

उनी झापामा दमकस्थित हिमालय टि–स्टेटमा रहनेछन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>