समाचारसोमबार, बैशाख २२, २०७१

एमालेको भाइ बन्यो एमाओवादीः गजुरेल

हिमालखबर

२२ वैशाखमा भक्तपुरमा आयोजित पत्रकार अन्तर्क्रियामा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले विराटनगरमा जारी राष्ट्रिय सम्मेलनले एमाओवादी ‘एमालेको भाइ’ बनेको आरोप लगाएका छन् ।

सम्मेलनमा पार्टी एकताको विषय उठान गर्नु हास्यास्पद भएको भन्दै गजुरेलले एमाओवादीसँग पार्टी एकीकरण असम्भव रहेको बताए ।

संविधानसभाले संविधान जारी गरे पनि त्यो पश्चगामी हुने दाबी गर्दै उनले त्यस्तो संविधानलाई आफ्नो पार्टीले नमान्ने समेत बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>