थप समाचारमंगलबार, बैशाख २३, २०७१

विश्व काव्य यात्राः हङकङमा चौधरीको कविता वाचन

हिमालखबर

हङकङमा कविता वाचन गर्दै वसन्तकुमार चौधरी । तस्वीर: देवराज राई

नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वभर रहेका नेपालीहरुमाझ पुर्‍याउने उद्देश्य सहित पोहोर अमेरिकाबाट प्रारम्भ भएको काव्य यात्राको हङकङ संस्करण भव्यरुपमा सम्पन्न भएको छ ।

हङकङको पाकिस्तानी क्लवमा कवि चौधरीले देशभक्ति पूर्ण र प्रेम भावना समेटिएका करिव २ दर्जन कविता, मूक्तक वाचन गरे ।

वसन्त चौधरीको विश्व काव्य यात्रामा हङकङमा रहेका कवि–कवियत्रीहरु, लेखक–साहित्यकार र समाजका अगुवा अभियन्ताहरु उपस्थित थिए ।

हङकङ नेपलीज फाउण्डशेनको आयोजनामा र मिसन टु हेल्पको सहयोगमा काव्ययात्रा हङकङ सम्पन्न भएको हो ।

कार्यक्रममा कवि गीतकार चौधरीका कविताहरुको ई बुक ‘मेरा कविताहरु’ को तेस्रो संस्करण विमोचन गरियो ।

युकेमा रहेकी कवियत्री लारा, मिसन टु हेल्पका प्रेसीडेन्ट बबी लामा, चलचत्रि निर्देशक राजेन्द्र शलभ पनि कार्यक्रममा सहभागी थिए ।

काव्य यात्राको क्रममा कविहरु टंक साम्बाहाम्फे, नरेश सुनुवार, दीपा एवाई राई, हाङयुग अज्ञात, लालबहादुर गुरुङले पनि आफ्ना कविताहरु वाचन गरेका थिए ।

काव्य यात्रा यसवर्ष विश्वका विभिन्न देशका २० शहरहरुमा पुग्ने छ ।

“नेपाली भाषा, साहित्य, संस्कृतिलाई लाई विश्व सामू पुर्‍याउनु पर्छ । संसारको जुनसुकै ठाउँमा रहेपनि आफ्नो हृदयको कुनामा नेपाललाई सजाउनु पर्छ । नेपाल नबिर्सौ, नेपाली भाषालाई नबिर्सौं ।“ वसन्त चौधरीले हङकङमा रहेका नेपालीलाई सम्बोधन गर्दै भने ।

हङ्कङमा पढने नेपाली बालबालिकाहरुका साथ कवि वसन्त चौधरी । तस्वीर: देवराज राई

हङकङमा चौधरीले नेपाली विधार्थीहरु अध्ययन गर्ने सेन्ट्रल प्राइमरी स्कुलका सिनियर विधार्थीहरु माझ बालकविता सुनाएका थिए भने विद्यालयको पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरे । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्‍याउने संस्थाको उद्देश्यसँग मेल खाएकाले कार्यक्रमकाे आयोजना गरिएको हङकङ नेप्लिज फाउन्डेसनका अध्यक्ष किसन राईले स्वागत मन्तव्यमा व्यक्त गरेका थिए ।
देवराज राई, हङकङबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>