समाचारबुधबार, भाद्र २०, २०६९
दाहाल र कोइरालाबीच छलफल
अध्यक्ष दाहाल र सभापति कोइरालाबीच दाहाल निवास लाजिम्पाटमा २० भदौ बिहान छलफल भएको हो । भेटमा संविधानका सहमति हुन नसकेका सङ्घीयता, निर्वाचन प्रणाली, शासकीयस्वरुपलगायतका विषयमा कुराकानी भएको कोइरालाले जानकारी दिए ।
कोइरालाले राष्ट्रिय सहमतिका लागि एमाओवादीले विगतमा गरेका सहमतिलाई व्यावहारिकरुपमा पालना गर्नुपर्नेमा समेत जोड दिए । प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै उनले सहमतिका लागि एमाओवादी नै बाधक रहेको आरोप लगाए ।रासस
