समाचारबुधबार, बैशाख २४, २०७१
किसान ठग्ने चिनी उद्योगका महाप्रबन्धक पक्राउ
किसानसँग उखु खरिद गर्दा तौलमा ठगी गरेको अभियोग पक्राउ परेका लुम्बिनी चिनी उद्योगका महाप्रवन्धक बाबुलाल अग्रवाललाई जिल्ला अदालतमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बिष्णुहरि गौतमले बताएका छन् ।
उद्योग मन्त्रालयले ठगी मुद्दा चलाउने निर्णय गरेपछि प्रहरीले अग्रवाललाई हिरासतमा लिएको एसपी गौतमले जानकारी दिए । उनका अनुसार उद्योगका सञ्चालक मनिष अग्रवाललाई समेत प्रहरीले पक्राउ गर्न पुर्जी जारी गरेको छ । उनी राजधानीमा रहेकाले पक्राउ गर्न काठमाडौं प्रहरीलाई पत्रचार गरेको गौतमले बताए ।
किसानहरुले बिक्रीका लागि उद्योगमा ल्याएको उखु तौल गर्दा ठगी गरेको भन्ने उजुरी परेपछि दुई महिना अघि उद्योग मन्त्रालयले नेपाल गुणस्तर तथा नापतौल विभागका बरिष्ठ निरिक्षकको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति वनाएर अनसन्धान शुरु गरेको थियो ।
एसपी गौतमका अनुसार अनुसन्धान टोलीले उद्योगले रु ३१ लाख ९४ हजार ८ सय रुपैयाँ ठगी गरेको प्रतिवेदन बुझाएपछि सरकारको आदेशमा अग्रवाललाई पक्राउ गरिएको हो ।
अनुसन्धानको क्रममा छानविवन टोलीले उद्योगले मिल गेट र तौल केन्द्रमा ९ टन जोख्दा तिन क्वीन्टल कम पाईएको थियो ।
विद्रोही गिरी, नवलपरासी
