समाचारबुधबार, बैशाख २४, २०७१
एमाओवादी विघटनको संघारमाः सीपी गजुरेल
एमाओवादीको विराटनगर सम्मेलनलाई ‘हावादरी सम्मेलन’ भन्दै नेकपा–माओवादीका अध्यक्ष सीपी गजुरेलले दाहाल र भट्टराई एमाओवादीभित्र सँगै बस्नै नसक्ने दाबी गरेका छन् ।
“उनीहरुवीचको अहिलेको विवाद नीतिको नभई नेतृत्व र पदका लागि मात्रै हो,” गजुरेलले भने, “एमाओवादी विघठनको संघारमा पुगेको छ ।”
एमाओवादीको विराटनगर सम्मेलनले हेटौडा महाधिवेशनको नीतिमा कुनै परिवर्तन नगरेकोले एमाओवादीसँग एकताको सम्भावना नरहेको पनि उनले प्रष्ट पारे ।
गजुरेलले भने, ‘परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत र मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टीवीच एकता हुन्छ, एमाओवादीसँग हुँदैन ।”
उनले आफू र नेत्र विक्रम चन्दले पार्टी फुटाउने भनि गरिएको प्रचारवाजीको खण्डन गर्दै पार्टी नफुट्ने बरु अझै एकीकृत हुँदै जाने दाबी सकेत गरे ।
रिपोर्टर्स क्लब नेपालले २४ वैशाखमा आयोजना गरेको साक्षात्कारमा गजुरलले भने, “नेकपा–माओवादीले अपनाएको नीति, मोहन बैद्यको नेतृत्व र पार्टीको हालै बसेको पोलिटब्यूरो बैठकले अघि सारेको ६ बुँदे प्रस्ताव स्विकारेर आए मात्रै एमाओवादीसँग पार्टी एकता हुन सक्छ । नभए एकता असम्भव छ ।”
