समाचारबुधबार, बैशाख २४, २०७१
एसीसी प्रिमियर लिगमा नेपाल तेस्रो
मलेशियामा जारी एसीसी प्रिमियर लिगमा भएको आफ्नो पाँचौ खेलमा अफगानिस्तासँग पराजित भएसँगै नेपालले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
लिगमा उत्कृष्ट चार टोलीले युएईमा आयोजना हुने एसीसी च्याम्पियनशिपमा भाग लिन पाउने व्यवस्था अनुसार नेपालले डिसेम्बरमा आयोजना हुने च्याम्यिनशिपमा भाग लिन पाउने भएको छ ।
२४ बैशाखमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६२ रन बनाउँदै २६३ रनको गतिलो लक्ष नेपालसामु प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङ्गमा ओर्लिएको नेपालले राम्रो खेल प्रदर्शन गर्न सकेन ।
१७ ओभरको समाप्तिमा बर्षाका कारण खेल रोकिएकोपछि नेपालले डकवर्स लेविथ आधारमा छोट्याएर ३२ ओभरमा सिमित गरी २३७ को नयाँ लक्ष दिइएको थियो ।
अफगानी बलरसामु नेपाली ब्याटसम्यानहरु ९ विकेटको क्षतिमा १२८ रन मात्र बनाउन सके ।
नेपालका लागि कप्तान पारस खड्काले ३३ रसोमपाल कामीले अविजित रहदैं १९ रन बनाए ।
शक्ति गौचनले १९ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने ओपनर नरेश बुढाऐरले १० रन र सुवास खकुरेल ८ रनमात्रै बनाएर आउट भए ।
त्यस्तै वसन्त रेग्मीले ८, बिनोद भण्डारीले ५ र राजकुमार प्रधानले २ र आरिफ शेखले १ रन मात्र बनाउन सके ।
बलिङ्गतर्फ नेपालका लागि शक्ति र बसन्तले समान ३÷३ विकेट र आरिफले २ विकेट लिए भने राजकुमार र सोमपालले १/१ विकेट लिएका थिए ।
५ खेलमा १५ विकेट लिएका तीब्र गतिका बलर सोमपाल कामी प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भए ।
यो प्रतियोगगिताको उपाधि अफगानिस्तानले जितेको छ भने युएई दोस्रोे स्थानमा पुगेको छ ।
दीपेन्द्र सापकोटा
