समाचारबिहीबार, बैशाख २५, २०७१

आयल निगमका क्षेत्रिय प्रबन्धक पक्राउ

हिमालखबर

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय प्रबन्धक नागेन्द्र कुर्मीलाई २४ वैशाखमा पक्राउ गरेको छ ।

पक्राउ परेका विभिन्न व्यक्तिको बयानका आधारमा कुर्मीलाई भारतबाट नेपालमा तेल ओसार्ने ट्यांकरहरुले बीच बाटोबाटै तेल चोरी गर्ने गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

निगमले आयात गरेको पेट्रोलियम पदार्थ ल्याएका ट्याङ्करहरुमा लगाइएको शिल तोडेर चुहावट गरेको बिषयमा क्षेत्रिय प्रबन्धकले आफ्नो जिम्मेवारी राम्ररी बहन नगरेको देखिएको र थप कुरा अनुसन्धानबाट पत्ता लाग्ने थापाले रुपन्देही एसपी बिक्रमसिंह थापाले बताए ।

चालक तथा सहचालकको बयानको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको १६ जना ट्याङ्कर मालिकलाई पनि चाँडै पक्राउ गरिने थापाको दावी छ ।

पश्चिमाञ्चल ट्याङ्कर ब्यबसायी सघंले भने ट्याङ्कर मालिकलाई उन्मुक्ति दिलाउन भारतबाट हुने पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ ।

जसका कारण बजारमा पेट्रोलियम पदार्थको केही अभाव र असहजता उत्पन्न भएको छ ।

भारतको बैतालपुरबाट हुने पेट्रोलियम पदार्थको ढुवानी गत शनिवारदेखि हुन नसकेपनि निगमले भने सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अमलेखगञ्जबाट नीजि ट्याङ्करबाट ढुवानी गराई बितरण गर्न थालेको निगमक पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका सहायक प्रबन्धक दीपक घिमिरेले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>