समाचारबिहीबार, बैशाख २५, २०७१

त्रिविका दुई प्राध्यापक अख्तियारको हिरासतमा

हिमालखबर

अख्तियारले भ्रष्टाचार अभियोगमा दुई प्राध्यापकलाई हिरासतमा लिएको हो । रामस्वरुप रामसागर बहुमुखी क्यापस धनुषाका सहप्राध्यापक डा. विनोद मिश्र र त्रिभुवन विश्वविद्यालय किर्तिपुरका उपप्राध्यापक मनोज मिश्रलाई २५ बैशाखमा हिरासतमा लिएको अख्तियारले जनाएको छ ।

एमबीबीएस प्रवेश परीक्षामा उत्तिर्ण गराइदिन्छु भनेर मोटो रकम लिएको अभियोगमा पक्राउ परेका शिक्षा मन्त्रालयका उपसचिव वेणिमाधव भट्टराईको अनुसन्धानको क्रममा प्राध्यापकहरुको पनि संलग्नता खुलेको हो । नेपालसहित भारतका विभिन्न संस्थाहरुमा एमडी, एमबीबीएस र एमबीएको प्रवेश परीक्षा उत्तिर्ण गराउँछौं भन्दै उनीहरुले मोटो रकम असुल्ने गरेको अख्तियारले जनाएको छ ।

अख्यितारले तत्कालिन उपसचिव भट्टराईलाई नै यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ परेका दुई प्राध्यापकमाथि पनि अनुसन्धान शुरु गरेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनीहरुबाट ठगिएका पीडितले टोल फ्रि नम्बर १६६०–०१–२२२३३ मा सम्पर्क वा अख्तियारको फेसबुक पेजमा जानकारी दिन पनि सबैसँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>